11:40:47 am 12-Dec-2019

सन्दीपको अर्धशतकमा नेपालद्वारा भारतलाई १५७ रनको लक्ष्य प्रस्तुत


सन्दीपको अर्धशतकमा नेपालद्वारा भारतलाई १५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ – चौकोणीय एकदिवसीय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालको यू–१९ टोलीले भारतको यू–१९ ए टोलीलाई जितका लागि १५७ रनको लक्ष्य दिएको छ । लखनउमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४५ ओभर ५ बलमा अलआउट हुँदै १५६ रन बनाएपछि भारतले मध्यम लक्ष्य पाएको हो ।

Ad

नेपालका लागि सन्दीप जोराले ६६ रनको अर्धशतकीय इनिङस खेले । यस्तै तृत राज दासले ४६ रन जोड्दा भिम सार्कीले २८ रन बनाए । भारतका अजय देव गड र याई डी माङवानीले ४-४ विकेट लिए । पहिलो खेलमा पराजित नेपाल भारतको ए टिमविरुद्ध जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएको हो । सिरिज दोस्रो चरणमा पुग्न नेपाललाई यो खेल जित्नै पर्ने दबाब समेत रहेको छ ।

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]