11:03:47 pm 21-Sep-2021

सेरेनाले यूएस ओपन नखेल्ने


सेरेनाले यूएस ओपन नखेल्ने

हरेक वर्ष चौथो तथा अन्तिम ग्रान्डस्लाम टेनिस प्रतियोगिताको रूपमा हुने यूएस ओपनबाट सेरेना विलियम्सले नाम फिर्ता लिएकी छन् । आठ पटककी च्याम्पियन रहेकि सेरेना विलियम्सले घुँडाको चोटका कारण उनले प्रतियोगिता नखेल्ने भएकी हुन् । सेरेनाले यूएस ओपनमा वोमेन्स सिंगल्सतर्फ ६ पटक उपाधि जितेकी छन् । उनले हालसम्म २३ ग्रान्डस्लाम सिंगल्स उपाधि हात पारेकी छन् । यूएस ओपन आगामी साता न्युयोर्कमा शुरू हुँदैछ । अमेरिकी भेटरान ३९ वर्षीया सेरेना विलियम्सले नाम फिर्ता लिएसँगै चर्चित खेलाडीले प्रतियोगिता छाडेको सूची पनि लम्बिएको छ । यसअघि रोजर फेडेरर, राफाल नाडाल र डिफेन्डिङ च्याम्पियन डोमिनिक थिएमले प्रतियोगिताबाट अलग भएका थिए ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]