10:08:10 pm 21-Sep-2021

३२औं ग्रीष्मकालीन ओलम्पिकको औपचारिक उदघाटन आज हुदै


विश्व खेलकुदको महाकुम्भ अर्थात् ओलम्पिकको ३२औं संस्करणको औपचारिक उद्घाटन जापानको राजधानी टोक्योस्थित ओलम्पिक स्टेडियममानेपाली समय अनुसार आज साँझ ४ः४५ बजे बाट शुरू हुँदैछ । २०२० मा नै हुनुपर्ने ओलम्पिक कोरोना महामारीकै कारण एक वर्ष पछि हुन लागेको हो । ओलम्पिकको इतिहासमा पहिलोपटक दर्शकबिना ओलम्पिक हुने भएको छ । भावनाको एकता भन्ने नारा दिइएको यसपटकको ओलम्पिकको उद्घाटन अरू बेला जस्तो भिडभाड र तामझाम नहुने उद्घाटन छोटो तर आकर्षक हुने बताइएको छ । कोभिडको त्रासलाई न्यूनीकरण गर्ने हेतु उद्घाटन समारोहमा १५ देशको शीर्ष नेताहरूले मात्र सहभागिता जनाउनेछन् ।
टोक्यो ओलम्पिकमा नेपालबाट चार खेलका ५ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । अनिवार्य कोटाअनुसार पौडी खेलाडी गौरिका सिंह र एलेक्स शाह तथा एथ्लेटिक्सका सरस्वती चौधरीका साथै वाइल्ड कार्डबाट छानिएका सुटिङ खेलाडी कल्पना परियार र जुडोकी सोनिया भट्टले टोक्योमा प्रतिस्पर्धा गर्दैछन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]