02:12:14 pm 21-Sep-2021

३२औं टोकियो ओलम्पिक समापन ,३९ स्वर्ण सहित अमेरिकाको वर्चस्व


३२औं टोकियो ओलम्पिक समापन ,३९ स्वर्ण सहित अमेरिकाको वर्चस्व

जुलाई २३ देखि जापानको टोकियोमा सुरु भएको ३२ औँ गृष्मकालीन ओलम्पिक आइतबार अर्थात ८ अगस्टबाट सकिएको छ । समापन समारोहमा जापानले ओलम्पिकको झण्डा फ्रान्सलाई हस्तान्तरण गरेको छ । ३३औँ गृष्मकालीन ओलम्पिक सन २०२४ मा फ्रान्सको राजधानी पेरिसमा हुने भएको छ । टोकियो ओलम्पिक २०२० को पदक तालिकामा उद्घाटन समारोहको भोलिपल्टदेखि गणना गरेर प्रतिस्पर्धाको १५ औं दिनसम्म चीनलाई कसैले उछिन्न सकेको थिएन । ग्रीक राजधानी एथेन्सबाट १२५ वर्षअघि सुरु भएको आधुनिक ओलम्पिकमा स्वर्णका आधारमा पदक तालिकामा वरीयता निर्धारण गरिन्छ । लगातार शीर्ष स्थानमा रहेको चीनलाई पछि पार्दै अन्तिम दिन अमेरिका शीर्ष स्थानमा उक्लिएको हो । अमेरिका ३९ स्वर्ण ४१ रजत र ३३ कास्य गरी कुल ११३ पदक जितेको छ ।३८ स्वर्ण, ३२ रजत र १८ कास्य गरी कुल ८८ पदक जितेको चीन दोस्रो स्थानमा रह्यो । तेस्रो स्थानमा रहेको आयोजक जापानले २७ स्वर्ण, १४ रजत र १७ कास्य गरी ५८ पदक जित्यो । बेलायत २२ स्वर्ण तथा कुल पदक ६५ सहित चौथो र रसियन ओलम्पिक कमिटी २० स्वर्ण र कुल पदक ७१ सहित पाचौँ स्थानमा रह्यो ।छिमेकी मुलुक भारतले १ स्वर्ण २ रजत र ४ कास्य गरी ७ पदक जित्न सफल भयो ।

पदक तालिका :

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]