07:48:15 am 13-May-2021

एसिया कप छनोटमा हङकङबिरुद्दको अन्तिम खेलमा नेपाल पराजित


एसिया कप छनोटमा हङकङबिरुद्दको अन्तिम खेलमा नेपाल पराजित

काठमाडौँ – मलेसियामा जारी एसिया कप छनोटको अन्तिम खेलमा नेपाल हङकङसँग ३ विकेटले पराजित भएको छ । यो हारसँगै एसिया कप खेल्ने सपना अधुरै रहृयो । हालै मात्र एकदिवसीय मान्यता पाएको नेपालले छनोट प्रतियोगिता जित्दै एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने लक्ष्य लिएको थियो ।

छनोट प्रतियोगितामा खराब प्रदर्शन गरेको नेपाल सुरुवादुई खेलमा ओमान र यूएईसँग हार्‍यो । त्यसपछि मलेसिया र सिंगापुरलाई हराएपछि अन्तिम खेलमा हङकङलाई ठूलो अन्तरले हराउने र अर्को खेलमा ओमानले यूएईले त्यसरी नै हराउने हो भने नेपाल शीर्ष दुईमा पर्दै छनोटको फाइनलमा पुग्ने सम्भावना थियो ।

पहिलो ओभरमै ओपनर सुवास खकुरेल शुन्यमै आउट भए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान पारस खड्काले अनिलकुमार साहसँग २२ रनको साझेदारी गरे । आठौं ओभरको अन्तिम बलमा आउट भएका पारसले मात्र १४ रन बनाए । ज्ञानेन्द्र मल्ल र अनिलले २१ रनको साझेदारी गरे । लगतै दुबै आउट भएका छन् । अनिलले १५ र ज्ञानेन्द्रले १२ रन बनाए । नेपालले विकेट गुमाउने क्रम रोकिएन ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]