05:19:01 pm 29-Mar-2020

प्रधानमन्त्री ओलीको साग विजेतालाई प्रोत्साहन प्याकेज, गोरीले पाउने भइन् स्वर्णमामात्रै ४४ लाख


प्रधानमन्त्री ओलीको साग विजेतालाई प्रोत्साहन प्याकेज, गोरीले पाउने भइन् स्वर्णमामात्रै ४४ लाख

काठमाडौं=प्रधानमन्त्री केपी शर्मा ओलीले तेह्रौं दक्षिण एसियाली खेलकूद (साग)मा नेपाली खेलाडीहरुलाई प्रोत्साहन प्याकेजको घोषणा गरेका छन् । उनले सागमा स्वर्ण पदक विजेता खेलाडीहरुलाई ९ लाख, रजत पदक विजेतालाई ६ लाख र कास्य पदक विजेतालाई ३ लाख रुपैयाँ पुरस्कार दिने प्रधानमन्त्रीले घोषणा गरे । यस्तै दुईभन्दा बढी स्वर्ण पदक विजेतालाई प्रति स्वर्ण ११ लाखका दरले पुरस्कार दिने प्रधानमन्त्रीले घोषणा गे । समूह इभेन्टमा स्वर्ण पदक विजेता खेलाडीलाई पाँच पाँच लाख रुपैयाँ पुरस्कार दिने प्रधानमन्त्री ओलीले घोषणा गरे । यस हिसाबले पौडीमा ४ स्वर्ण विजेता गौरीका सिंहले स्वर्णमा मात्रै ४४ लाख रुपैयाँ पाउने छिन् । त्यसबाहेक उनले रजत र कास्य पदक पनि जितेकी छन् । उनले ती पदकबापत पनि छुट्टै प्रोत्साहन रकम पाउने छिन् ।
सागमा पदक जित्ने खेलाडीसँगको भेटमा प्रधानमन्त्री ओलीले नेपाली खेलाडीको प्रदर्शन असाधारण रहेको वताए । नेपालले यसअघि हासिल गरेका उपलब्धिमा तेह्रौं सागमा रेकर्ड तोडेकोमा प्रधानमन्त्री ओलीले खेलाडीहरुलाई वधाई दिएका थिए ।
तेह्रौं सागमा पदक विजेता खेलाडीहरुलाई प्रधानमन्त्री निवास बालुवाटार निम्त्याएर प्रधानमन्त्री ओलीले खेलकूदमा राष्ट्रले प्राप्त गरेको खुसीयाली साटासाट गरेका हुन् । ‘५० वटा खेलमा सामेल हुने हैसियत नभएका ठाउँबाट आज देशलाई ५१ वटा स्वर्ण पदक दिलाउनु भएको छ’ प्रधानमन्त्री ओलीले भने ‘यो सानो उपलब्धि होइन । अव हामीले यसलाई थालनी मानेर खेलकूदमा नयाँ उपलब्धिहरु हासिल गर्दै जानु पर्नेछ ।’ उहाँले चौधौं सागमा अहिलेका सबै जितको रेकर्ड तोड्नेगरी अघि बढ्न पनि खेलाडीहरुलाई आह्वान गरे ।
प्रधानमन्त्री ओलीले भूकम्पका कारण खेलकूदका पूर्वाधार सबै भत्केको अवस्थामा सफलतापूर्वक साग आयोजना हुनुलाई पनि उपलब्धिका रुपमा लिनु पर्ने उनको भनाई थियो । ‘भूकम्पले हाम्रा सबै पूर्वाधारहरु भत्केका थिए, हामीलाई ती संरचनाहरु बनाएर खेल आयोजना गर्नु कठीन काम थियो’ प्रधानमन्त्री ओलीले भने, ‘नभत्केको, बनाउनु नपर्ने कहीँ थिएन, सबै कुरा बनाउनु पर्ने थियो । यस्तो अवस्थामा काठमाडौं, पोखरा र जनकपुरमा समेत सागका प्रतियोगिताहरु आयोजना गरेर हामीले गर्न सक्छौं भन्ने सन्देश दिएका छौं ।’ खेल क्षेत्रमा नेपालले इतिहासको रेकर्ड तोडेको र अव थप गतिका साथ अघि बढ्ने प्रधानमन्त्री ओलीको भनाई थियो ।

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]