03:50:09am 17-Nov-2019

SPORTS

सन्दीपको अर्धशतकमा नेपालद्वारा भारतलाई १५७ रनको लक्ष्य प्रस्तुत

September 14, 2018

काठमाडौँ - चौकोणीय एकदिवसीय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालको यू–१९ टोलीले भारतको यू–१९ ए टोलीलाई जितका लागि १५७ रनको लक्ष्य दिएको छ । लखनउमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४५ ओभर ५ बलमा अलआउट हुँदै १५६ रन बनाएपछि भारतले मध्यम लक्ष्य पाएको हो । नेपालका लागि सन्दीप जोराले ६६ रनको अर्धशतकीय इनिङस खेले । यस्तै तृत राज दासले ४६...



ब्रिगेड ब्वाइजले तीन विदेशी खेलाडी भित्र्यायो

September 13, 2018

काठमाडौँ - चार वर्षपछि ‘ए’ डिभिजन लिग हुने भएपछि ब्रिगेड ब्वाइज फुटबल क्लबले तीन विदेशी खेलाडीलाई क्लबमा अनुबन्ध गरेको छ । सो क्लबले नाइजेरियाका तीन खेलाडी कजिम एन्टी जी, टी जी र करिमलाई बुधबार क्लबमा ल्याएको क्लबका व्यवस्थापक स्मिथ लामाले जानकारी दिए । कजिम एन्टी जी र टी जी स्ट्राइकरको रूपमा तथा करिमले मिड फिल्डबाट खेल्नेछन् । लिगका लागि क्लबले...



Ad
सन्दीपले अफगानिस्तान प्रिमियर लिग खेल्ने

September 12, 2018

काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले अफगानिस्तान प्रिमियर लिग ए.पि.एल खेल्ने भएका छन् । आइतबार भएको खेलाडी छनोटमा उनलाई नङराहार टोलीले छनोट गरेको हो । लिगमा पाँच टोली सहभागी हुनेछन् । सन्दीप रहेको टोलीमा आन्द्रे रसल, तामिम इकबाल, मुजिब रहमान, बेन कटिङ, नाजिबुल्लाह तरकाइ, मिसेल मक्लीनघन, मोहमद हफिज, मुस्फिकुर रहिम, रहमत साह, नवीन उल हक र...



साफ च्याम्पियनसीपमा नेपाललाई इतिहास रच्ने अवसर

September 11, 2018

काठमाडौँ - साफ च्याम्पियनसीपअन्तर्गत पहिलो सेमिफाइलनमा नेपालले ढाकास्थित बङ्गबन्धु रङ्गशालामा माल्दिभ्सविरुद्ध खेल्दैछ । पच्चीस वर्षे साफ च्याम्पियनसीपको इतिहासमा बुधबार हुने सेमिफाइनल नेपालका लागि इतिहास रच्ने अवसर हो । नेपालले ढाकामा मात्र माल्दिभ्सविरुद्ध चार खेल खेलेको छ । जसमा नेपालले एक जित, दुईमा बराबरी र एकमा हार बेहोरेको छ । माल्दिभ्सविरुद्ध नेपालका पूर्व स्ट्राइकर हरि खड्काले सर्वाधिक चार गोल गरेका छन्...



साफ च्याम्पियनसिप : नेपालले सेमिफाइनलमा माल्दिभ्ससँग खेल्ने

September 10, 2018

काठमाडौँ - बङ्गलादेशको राजधानी ढाकामा जारी साफ च्याम्पियनसिपको सेमिफाइनलमा बुधबार नेपालले माल्दिभ्ससँग खेल्ने भएको छ । गोलाप्रथाद्वारा माल्दिभ्स समूह ‘बी’को उपविजेता बनेपछि नेपालको भिडन्त माल्दिभ्ससँग हुने भएको हो । समूह ‘ए’बाट नेपाल समूह विजेता बन्दै सेमिफाइलन प्रवेश गरेको हो । समूह ‘बी’ मा रहेका माल्दिभ्स र श्रीलङ्काले एक खेलमा पराजय र एकमा बराबरी खेलेपछि गोलाप्रथाद्वारा समूह उपविजेता छानिएको थियो ।...



साफ च्याम्पियनसिप : भोलि नेपालले आयोजक बंगलादेशसँग खेल्ने

September 7, 2018

काठमाडौँ - साफ च्याम्पियनसिपअन्तर्गत शनिबार अपराह्न बङ्गलादेशको ढाकास्थित बङगबन्धु रङ्गशालामा हुने समूह चरणको अन्तिम खेल जित्न सके नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ । समूह चरणको पहिलो खेल गुमाए पनि दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गरेको नेपालका लागि शनिबारको खेल अग्निपरीक्षा बराबर हो । जारी प्रतियोगितामा बङ्गलादेशले तीन गोल गरेको छ भने एक गोल पनि खाएको छैन । नेपालले भने पाँच गोल गर्दा...



Ad
ब्राजिली फुटबल टिमको स्थायी कप्तानको रुपमा नेयमार घोषित

September 7, 2018

काठमाडौँ - विश्व फुटबलका महङ्गा स्ट्राईकर नेयमार ब्राजिली फुटबल टिमका स्थायी कप्तान बनेका छन् । मुख्य प्रशिक्षक टिटेले पालैपालो प्रशिक्षक हुनुपर्ने नियमलाई तोड्दै नेयमारलाई स्थायी कप्तान घोषणा गरेका हुन् । अमेरिकाविरुद्धको मैत्रीपुर्ण खेलअघि प्रशिक्षक टिटेले उनलाई स्थायी कप्तानका रुपमा नियुक्त गरेका हुन् । फ्रान्सेली क्लब सेन्ट जर्मेनका स्टार नेयमारले आफुले कप्तानको जिम्मेवारी सम्हाल्नु पाउनु आफ्नो लागि गर्वको कुरा भएको प्रतिक्रिया...



साफ च्याम्पियनसिपमा भुटानविरुद्ध नेपालको पहिलो गोल

September 6, 2018

काठमाडौँ - बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा जारी साफ च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा भुटानविरुद्ध नेपालले गोल गरेको छ । पहिलो खेलमा पाकिस्तानसँग २-१ गोलले पराजित भएको नेपालले भुटानविरुद्ध सुरुवाती अग्रता लिएको हो । नेपालका लागि पहिलो गोल अनन्त तामाङले गरेका हुन् । तुलनात्मक रूपमा भुटान नेपालका लागि कमजोर प्रतिद्वन्द्वी मानिन्छ । यद्यपी भुटानले पछिल्लो समय फुटबलका राम्रो गरिरहेको छ...



1 2 3 4 27

CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]