09:49:50am 13-May-2021

SPORTS

एसिया कप छनाैटमा हङकङ विरूद्ध नेपालले ब्याटिङ राेज्याे

September 4, 2018

काठमाडौँ - मलेसियामा जारी एसिया कप छनौटको आफ्नो अन्तिम खेलमा हङकङ विरूद्ध नेपालले टस जितेर ब्याटिङ रोजेको छ । फाइनल आस कायमै राख्न हङकङ विरूद्ध नेपाललाई फराकिलो जित आवश्यक पर्ने छ । अंक तालिकामा हङकङ चार खेल मध्ये २ मा जित र एक बराबरी सहित चौथो स्थानमा छ भने नेपाल २ मा जित र २ खेलमा हार सहित पाँचौ स्थानमा...



एशिया कप छनोटमा मङ्गलबार नेपाल र हङकङ भिड्दै

September 3, 2018

काठमाडौँ - नेपाल र हङकङ मलेसियामा जारी एशिया कप छनोट क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा मङ्गलबार भिड्ने भएका छन् । चार खेलमा दुई जित र दुई हारका साथ नेपाल अङ्क तालीकामा चौथो स्थानमा छ । हङकङ दुई जित र एक हारका साथ तेस्रो स्थानमा छ । नेपाल ओमान र संयुक्त अरब इमिरेट्स (युएइ)सँग पराजित भएको थियो भने आयोजक मलेसिया...



नेपाल समूह ‘ए’ मा

September 3, 2018

काठमाडौँ - नेपाल बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको समूह ‘ए’ मा परेको छ । बङ्गलादेश फुटबल महासङ्घले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालसहित समूह ‘ए’ मा प्यालेस्टाइन र ताजिकिस्तान रहेको छ । समूह ‘बी’ मा आयोजक बङ्गलादेश, लाओस र फिलिपिन्स रहेका छन् । पाँचौँ संस्करणको उक्त प्रतियोगिता आगामी असोज १५ देखि २७ गतेसम्म बङ्गलादेशको राजधानि ढाकामा हुनेछ । नेपाल बङ्गबन्धु...



साफ च्याम्पियनसिपमा उपाधि जित्ने नेपालको लक्ष्य

September 3, 2018

क्षितिज/युवापोस्ट संबाददाता - आगामी मंगलबारदेखि बंगलादेशको राजधानी ढाकामा दशौं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता शुरु हुँदैछ । दुई पटक घरमै साफ च्याम्पियनसिप आयोजना गरिसकेको नेपालले प्रतियोगितामा सेमिफाइनलभन्दा माथिको नतीजा निकाल्न सकेको छैन । पछिल्लो पटक सन् २०१३ मा काठमाण्डु मै भएको प्रतियोगितामा नेपाल सेमिफाइनल पुग्यो र अफगानिस्तानसँग पराजित हुँदै खेलबाट बाहिरियो । यसअघि सन् १९९३, १९९९, १९९५ र २०११ मा...



पिस प्वाइन्ट बोर्डिङ्ग हाई स्कुलको आयोजनामा तेश्रो पिस प्वाइन्ट कप सुरु

September 3, 2018

काठमाडौँ । कात्यानीचोक, मध्य–बानेश्वरमा रहेको पिस प्वाइन्ट बोर्डिङ्ग हाई स्कुलको आयोजनामा अन्तरविद्यालय फुटबल टुर्नामेन्ट ‘तेश्रो पिस प्वाइन्ट कप’ सानो गौचरणमा सुरु भएको छ । एक हप्तासम्म हुने उक्त ‘तेश्रो पिस प्वाइन्ट कप’ को औपचारिक उद्घाटन कार्यक्रमको आयोजना गरि सुरु गरिएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरको प्रमुख आतिथ्यतामा गरिएको उक्त उद्घाटन कार्यक्रममा प्याब्सन काठमाडौँका अध्यक्ष...



एसिया कप छनोटमा नेपालको फाइनल खेल्ने सम्भावना जीवितै

September 3, 2018

काठमाडौँ - स्पिनरहरूले सात विकेट लिएपछि जित्नैपर्ने दबाबमा खेलेको नेपालले आइतबार सिंगापुरलाई ४ विकेटले हराउँदै एसिया कप छनोट प्रतियोगिताको फाइनल खेल्ने सम्भावना कायम राखेको छ । सन्दीप लामिछाने र ललितनारायण राजवंशीले समान ३ तथा अनुभवी वसन्त रेग्मीले १ विकेट लिएपछि मलेसियाको बांगीस्थित युकेएम–वाइएसडी क्रिकेट ओभलमा टस जितेर ब्याटिङ गरेको सिंगापुरले ४२ ओभरमा सबै विकेट गुमाएर १ सय ५१ रन बनायो...



एशिया कप क्रिकेट छनोट प्रतियोगिता – नेपालले शनिबार आयोजक मलेशियासँग खेल्ने

August 31, 2018

काठमाडौँ - एशिया कप क्रिकेटको छनोट प्रतियोगिताअन्तर्गत नेपालले तेस्रो खेल शनिबार आयोजक मलेशियासँग खेल्दैछ ।जारी प्रतियोगितामा दुई खेलमा पराजय भोगेको नेपाल अङ्कविहीन छ । नेपाल ओमनसँग सात विकेटले तथा संयुक्त अरब इमिरेट्स (युएइ)सँग ७८ रनले पराजित भइसकेको छ । दुई खेल खेलको मलेशियाले दुई अङ्क जोडेको छ । मलेशियाले हङ्कङलाई तीन विकेटले हराएको थियो भने ओमनसँग दुई विकेटले पराजित भएको...



रेडस्टार झापा पाथीभरा गोल्डकपको फाइनलमा प्रवेश

August 31, 2018

काठमाडौँ - ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप ट्राइब्रेकरमा ४–३ गोलअन्तरले राष्ट्रिय जागृति क्लब इटहरीलाई हराउँदै रेडस्टार झापा फाइनलमा प्रवेश गरेको छ । निर्धारित र अतिरिक्त समयमा समेत खेलको निर्णय लिन नसकेपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । रेडस्टारका लागि पदम लामा, विवेक पौडेल, भूषण लिम्बू र कर्ण लिम्बूले ट्राइब्रेकरमा गोल गरेका थिए । राष्ट्रिय जागृति क्लब इटहरीका लागि टिम क्याप्टेन रमेश राजवंशी,...



1 2 3 4 5 6 27

जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]