08:29:17am 13-May-2021

SPORTS

युएइबिरुद्दको खेलमा नेपाल पराजित

August 30, 2018

काठमाडौँ - मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा मैदानमा जारी एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएइ)सँग ७८ रनले पराजित भएको छ । किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएइले नेपाललाई २५५ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपाल ४८ दशमलव ५ ओभरमा सवै विकेट गुमाउँदै १७६ रनमा समेटियो । यो नेपालको लगातार...



नेपालमा भिजन ट्वान्टी-ट्वान्टी कार्यक्रम सञ्चालन

August 30, 2018

काठमाडौँ - नेपालमा अन्धोपन निवारणका लागि भिजन ट्वान्टी—ट्वान्टी कार्यक्रम सञ्चालन भएपछि आँखा उपचार सेवामा सबैको पहुँच पुग्न थालेको छ | संयुक्त राष्ट्रसंघले सन् १९९९ फेबु्रअरीमा ‘दृष्टिका लागि अधिकार’ नारासहित विश्वका करीब पाँच करोड नागरिकलाई अन्धोपनबाट जोगाउन भिजन ट्वान्टी—ट्वान्टी कार्यक्रम तर्जुमा गरेकामा नेपालले पनि सोही वर्षको नोभेम्बरमा उक्त कार्यक्रम अनुमोदन गरेको थियो । सो कार्यक्रम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्पmत मुलुकभर सञ्चालनमा...



एसिया कप छनोटमा सागर पुनको अर्धशतक

August 29, 2018

काठमाडौँ - मलेसियामा जारी एसिया कप क्रिकेट छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालका लागि सागर पुनले अर्धशतक प्रहार गरेका छन् । सागरले ६७ बलमा ४ चौका र एक छक्का प्रहार गर्दै ५३ रन जोडेका छन् । राष्ट्रिय टोलीमा कमव्याक गरेपछि उनको पहिलो अर्धशतक हो । उनलाई क्रिजमा आरिफ शेखले साथ दिइरहेका छन् । मलेसियामा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको...



अाेमनसामू नेपालले २ सय २२ रनकाे लक्ष्य प्रस्तुत

August 29, 2018

काठमाडौँ - मलेसियाको राजधानी क्वालालम्पुर स्थित बायुमास ओभल क्रिकेट मैदानमा जारी एसिया कप छनोट क्रिकेट प्रतियोगिता अन्र्तगत आफ्नो पहिलो खेलमा नेपालले अाेमनसामू २ सय २२ रनकाे विजय लक्षय प्रस्तुत गरेकाे छ । उक्त मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै दुई सय २२ रन बनायो । नेपालका लागि सागर पुनले उत्कृष्ट प्रदर्शन गरे ।...



एसियाड भलिबलमा मंगोलियाबिरुद्द नेपालको शानदार जित

August 29, 2018

काठमाडौँ - इन्डाेनेसियाको जकार्तास्थित गोर बुलुनगन रंगशालामा जारी १८औँ एसियाली खेलकुदअन्तर्गत मंगलबारको पुरुष भलिबल खेलमा नेपालले विजय हासिल गरेको छ । उक्त खेलमा नेपालले मंगोलियालाई ३–१ सेटमा पराजित गर्दै विजयी भएको हो । नेपालको एसियाड भलिबलमा यो पहिलो जित हो । यसअघिको समूह चरणको खेलमा नेपाल चाइनिज ताइपेई र दक्षिण कोरियासँग पराजित भएको थियो । नेपालले खेलको पहिलो सेट २८–२६...



एसिया कप छनोट खेल्न नेपाली क्रिकेट टोली मलेसियातर्फ प्रस्थान

August 28, 2018

काठमाडौँ - एशिया कप क्रिकेट प्रतियोगिताको छनोट खेल खेल्न नेपाली राष्ट्रिय टोली आज मलेसियातर्फ प्रस्थान गरेको छ ।एशिया कप छनोट खेल आजदेखि मलेसियामा शुरु हुँदैछ । श्रीलङ्कामा एक साताको विशेष प्रशिक्षण र तीन अभ्यास खेल खेलेपछि टोली आज मलेसिया प्रस्थान गरेको नेपाली क्रिकेट टोलीका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिनुभयो । नेपालले श्रीलङ्कामा रहँदा त्यहाँका श्रीलंका आर्मी, कोल्ट्स र ब्लुमफिल्ड क्लबलाई...



गोदावरीमा बन्नेभयो बहु उद्देश्यीय रंगशाला

August 28, 2018

काठमाडौँ - गोदावरी नगरपालिका– ११ स्थित गोदावरी बहु उद्देश्यीय रंगशाला निर्माण सुरु भएको छ । गत वर्षदेखि रंगशालाको निर्माण शुरु भएकामा आगामी दुई वर्षमा सक्ने लक्ष्य लिइएको नगरपालिकाले जनाएको छ । रंगाशाला निर्माणले यस क्षेत्रमा खेलकूदको विकास गर्न सहयोग पुग्ने नगर प्रमुख गजेन्द्र महर्जनले बताए । उनले भने, ‘रङ्गशालाको निर्माणले विशेष गरेर युवालाई फाइदा पुग्नेछ ।’ रंगशाला पूर्णरुपमा सम्पन्न नहुँदा...



एसियाली खेलकुदको एथ्लेटिक्समा सरस्वती भट्टराईको उत्कृष्ट प्रदर्शन

August 28, 2018

काठमाडौँ - एसियाली खेलकुदको एथ्लेटिक्सतर्फ नेपालकी सरस्वती भट्टराईले यो सिजनको उत्कृष्ट प्रदर्शन गरेकी छिन् । इन्डोनेसियाको जकार्तास्थित गेलोरा बुङ कार्नो रंगशालामा आज बिहान भएको महिला ८ सय मिटर दौडमा सरस्वती आफ्नो हिटमा छैटौं भईन् । सात खेलाडी सहभागी हिटमा सरस्वतीले निर्धारित दुरी २ मिनेट १२.८५ सेकेण्डमा सकाईन् । यो स्पर्धामा २ मिनेट १०.५० सेकेण्डसम्म दौडिने खेलाडीहरु फाईनल चरणको लागि छनौट...



1 3 4 5 6 7 27

जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]