09:23:44 am 13-May-2021

सन्दीपले चमत्कार गर्दा गर्दै पनि हार्याे नेपाल


सन्दीपले चमत्कार गर्दा गर्दै पनि हार्याे नेपाल

काठमाडौँ – एसिया कप छनौटको आफ्नो अन्तिम खेलमा नेपाल हङकङसँग ३ विकेटले पराजित भएको छ । नेपाले दिएको ९६ रनको सामान्य चुनौतीको उसले ७ विकेटको क्षतिमा ३२.३ ओभरमा पुरा गरेको हो । हार पछि नेपालको यो पटक एसिया कप खेल्ने सपना समाप्त भएको छ ।

टस जितेर ब्याटिङ गरेको नेपालले खराब प्रर्दशन गर्दै ३७.५ ओभरमा सबै विकेट गुमाउँदै ९६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । हङकङका लागि कप्तान अन्सुमन रातले सर्वाधिक ५२ रनको योगदान गरे । बलिङ तर्फ नेपालका स्पिनर सन्दिप लामिछानेले सर्वाधिक ५ विकेट लिए । सागर पुन र बसन्त रेग्मीले समान १ विकेट लिए ।

नेपालका कुनै पनि ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन् । नेपालका लागि अनिल शाह १५ रन, कप्तान पारस खड्का १४ रन, उपकप्तान ज्ञानेन्द्र मल्ल १२ रन, दीपेन्द्र सिंह ऐरी २ रन, आरिफ शेख २० रन, बसन्त रेग्मी १५ रन र सन्दिप लामिछाने २ रनको योगदान गरे । अरू ब्याट्सम्यान ललित राजवंशी, सुभास खकुरेल र सोमपालले अंक जोड्न सकेनन् ।

हङकङका लागि एहसान खानले सर्वाधिक चार विकेट लिए । तनवीर अफसल र एजाज खानले समान २ विकेट लिए भने एहसनन नवाज र नदिम एहमदले १ विकेट लिए ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]