काठमाडौँ – चितवन राइनोजले (पेनाल्टी) जरिवाना तिर्दै पोखरा प्रिमियर लिग (पीपीएल)मा शक्ति गौचनलाई आफ्नो टिममा भित्र्याएको छ । आइतबार भएको एक्सनमा सुरुमा शक्तिमाथि कुनै पनि टिमले बोली लगाएको थिएन ।
तर, चितवनले विस लिष्टअन्तर्गत एक्सनमा खर्च गर्नुपर्ने रकम सकिएपछि पेनाल्टीमा तिर्दै भित्र्याएको छ । २ लाख १० हजार बेस प्राइजमा २५ प्रतिशत पेनाल्टी तिर्दै चितवनले कुल २ लाख ६२ हजार ५०० मा शक्तिलाई भित्र्याएको हो ।