६ कात्तिक, काठमाडौं। आईसीसी टि-२० क्रिकेट विश्वकपमा आजदेखि दोश्रो चरणको खेल सुरु हुने भएको छ । पहिलो चरणको समाप्तिसंगै चार टिम सुपर १२ मा प्रवेश गर्दा सुपर १२ को समीकरण पनि पुरा भएको छ ।
सुपर १२ मा टिमहरु दुइ समुहमा विभाजित छन्। ग्रुप एकमा अष्ट्रेलिया, दक्षिण अफ्रिका, वेष्ट इन्डिज, इंग्ल्याण्ड, श्रीलंका र बंगलादेश छन् । त्यस्तै ग्रुप दुईमा भारत, पाकिस्तान, न्युजिल्याण्ड, अफगानिस्तान र पहिलो चरणबाट छानिएका स्कटल्याण्ड र नामिबिया छन् ।
जसमध्ये आज दुई खेल हुदैछन। सुपर १२ को ग्रुप एकका अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच नेपाली समय अनुसार पौने चार बजे पहिलो खेल यूएईको अबुधाबीमा सुरु हुनेछ । भने साविक विजेता वेष्ट इन्डिज र साविक उपविजेता इंग्ल्याण्डबीचको खेल पनि आजै दुबईमा बेलुका पौने ८ बजे सुरु हुनेछ ।