08:22:04 am 16-Sep-2020

वर्ल्डलिंक २५ औं बर्षमाः मुलुककै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक

निशुल्क वाइफाइ १० हजार ठाउँमा


<span class="entry-title-primary">वर्ल्डलिंक २५ औं बर्षमाः मुलुककै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक</span> <span class="entry-subtitle">$ निशुल्क वाइफाइ १० हजार ठाउँमा </span>

काठमाडौं–इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन २५ बर्षमा प्रवेश गरेको छ । यस अबधिमा वर्ल्डलिंक सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी बनेको छ । वर्ल्डलिंक नेपालको तेस्रो ठूलो टेलिकम कम्पनी पनि बन्न सफल भएको छ । नेपालमा इन्टरनेट प्रयोग गर्ने हरेक तीन जनामध्ये एक जना प्रयोगकर्ताले वर्ल्डलिंकको इन्टरनेट प्रयोग गर्दछन् । नेपालमा भित्र्याइएको इन्टरनेटको कुल ब्यान्डविथमध्ये ४५ प्रतिशत ब्यान्डविथ वर्ल्डलिंक एक्लैले प्रयोग गर्ने प्रबन्ध निर्देशक दीलिप अग्रवालले बताए । वर्ल्डलिंक इसीटी क्षेत्रमा सबैभन्दा ठूलो रोजगारदाता कम्पनी हो, उनले भने, यसमा करिव ४ हजार जनाले रोजगारी पाएका छन ।

Ad

वर्ल्डलिंक आईसीटी क्षेत्रको सबैभन्दा ठूलो कर दाता कम्पनी हो । यस कम्पनीले आव २०७६÷०७७ मा १० औं ठूलो भ्याट योगदानकर्ताको सम्मान पाएको थियो । वर्ल्डलिंकको इन्टरनेट कर्णालीको सबैभन्दा दुर्गम क्षेत्रमा समेत पुगेको छ । नेपालका ७३ जिल्लामा नेटवर्क कभरेज छ । कम्पनीका ४ लाख ७ हजारभन्दा बढी ग्राहक छन । एउटा ग्राहकको राउटरबाट सरदर ५ जनाले इन्टरनेट प्रयोग गर्छन ।

कम्पनीले आगामी तीन बर्षभित्र सर्बसाधारणलाई सेयर वितरण गर्ने तयारी गरेको प्रबन्ध निर्देशक दीलिप अग्रवालले जानकारी दिए । त्यसको तयारी सुरु गरिसकेका छौं, उनले भने । वर्ल्डलिंकले आयोजना गरेको भच्र्युयल पत्रकार सम्मेलनमा उनले डायलअपदेखि आइभिपी ६ सम्मको यात्रा पूरा गर्न निकै संघर्ष गर्नु परेको बताए ।

नेपाल दुरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले नियामक निकाय प्राधिकरणभन्दा जेठो दुरसंचार कम्पनी वर्ल्डलिंकले २५ बर्षको यात्रा सफलतापूर्वक पूरा गरेकोमा बधाइ दिँदै मुलुकभर इन्टरनेट विस्तार गर्ने परियोजनामा प्राधिकरणले वर्ल्डलिंकसँग सहकार्य गरिरहेको स्मरण गरे । उनले नेपालका इन्टरनेट सेवा प्रदायकमा अग्रणी संस्था बन्न सफल वर्ल्डलिंकले निशुल्क वाइफाइ दिएर सामाजिक उत्तरदायित्व पूरा गरेकामा खुशी ब्यक्त गरे ।

कार्यक्रममा दुर्गम ठाउँमा इन्टरनेट विस्तार गरेर म्यागासेसे पुरस्कार समेत विजेता बनेका महाबिर पुनले विगत १५ बर्षदेखि आफूलाई इन्टरनेट विस्तारमा वर्ल्डलिंकले सघाएको स्मरण गरे । बरिष्ठ अधिवक्ता शतिषकृष्ण खरेलले आफूले वकालत गरिरहेको र प्राध्यापनसमेत गरिरहेका बेला एउटा इन्टरनेट सेवा प्रदायक कम्पनीले तपाइँले इन्टरनेटको शुल्क तिर्न सक्नु हुन्न भनेर इन्टरनेट नजोडिदिएका दिनको स्मरण गर्दै वर्ल्डलिंक स्थापना भएपछि आफू १७ औ ग्राहक भएर निरंतर यही कम्पनीको सेवा लिइरहेको बताए । ं

कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले पछिल्लो समय कोभिड १९ का कारण इन्टरनेट ब्याण्डविथ खपत एक्कासी उच्चदरले बढेको बताउँदै त्यसको ब्यवस्थापन गर्न कम्पनी लागि परेको बताए ।

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक र तेस्रो ठूलो दूरसञ्चार कम्पनी वर्ल्डलिंकले देशका १० हजार ठाउँमा पब्लिक वाईफाई विस्तार गरेको छ । कम्पनीको सामाजिक उत्तरदायित्व कार्यक्रमअनुसार देशैभर सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराइएको हो । कम्पनीका अनुसार दैनिक एक लाख ५१ हजारभन्दा बढीले निशुल्क उपलब्ध पब्लिक वाईफाई प्रयोग गरिरहेका छन् । फिक्स्ड लाइन इन्टरनेट सेवा नलिएका ग्राहकलाई कम्पनीको सेवा अनुभुत गराउन यो योजना अगाडि सारिएको हो ।

Ad

सेवाग्राहीले एकपटकमा ‘लगइन’ गरेपछि करीब एक घण्टासम्म त्यस्तो निशुल्क इन्टरनेट चलाउन पाउँछन् । त्यसपछि फेरि लगइन गरेर इन्टरनेट चलाउन सकिन्छ । मन्दिर, अस्पताल, बसपार्क, क्याफे, रेष्टुरेन्ट लगायतका मानिस धेरै जम्मा हुने स्थानमा कम्पनीले फ्री वाईफाई दिइरहेको छ । फ्री वाईफाईलाई कम्पनीले आफ्नो ब्राण्ड प्रवद्र्धनको रुपमा समेत उपयोग गरिरहेको छ ।

वर्ल्डलिंक कम्युनिकेशनमा बेलायती संस्था सीडीसी ग्रुपको समेत लगानी रहेको छ । एक बर्षअघि एक अर्ब ३५ करोड लगानी गरेको थियो ।

सीडीसीको लगानीलाई वर्ल्डलिंकले नेपालभरि इन्टरनेट सेवा विस्तार गर्न र दुर्गम क्षेत्रमा हजारौं घरपरिवार तथा साना उद्यमीहरुलाई इन्टरनेटमा जोड्न प्रयोग गरिरहेको छ ।

वर्ल्डलिंकले ग्राहकलाई इन्टरनेट, आइपिटिभी र कर्पोरेट ग्राहकलाई डाटा सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीले बार्षिकोत्सवका अबसरमा मानव सेवा आश्रमलाइ १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । त्यस्तै आश्रममा रहेका १ हजार १ सय बृद्धबृद्धाहरुलाई एक जोर कपडा उपलब्ध गराउने कम्पनीका निर्देशक बिजय जालानले जानकारी दिए । वर्ल्डलिंकले आश्रमका सबै शाखाहरुमा इन्टरनेट पनि निशुल्क उपलब्ध गराउँदै आएको छ ।

यसै गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तरगत १० वटा आइसोलेसन सेन्टरमा रहेका कोरोना संंक्रमितहरुलाई मनोरंजन प्रदान गर्न इन्टरनेट र आइपिटिभी उपलब्ध गराउने भएको छ ।

 

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]