10:21:44 am 12-Dec-2019

क्यान महासंघ निर्वाचनः २० जना निर्विराेध निर्वाचित


क्यान महासंघ निर्वाचनः २० जना निर्विराेध निर्वाचित

काठमाडौं- सूचना तथा संचार प्रविधि सम्बद्ध व्यक्ति, व्यवसायी र संघसंस्थाहरुको छाता संगठन कम्प्युटर एशोसियसन नेपाल महासंघको निर्वाचनका लागि मंगलबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भएको छ । सूचना प्रविधि व्यवसायीहरु दुई वटा प्यानलमा चुनावी प्रतिष्पर्धामा रहेका छन् ।बरिष्ठ उपाध्यक्ष नवराज कुँवर र महिला उपाध्यक्ष सुनैना घिमिरे पाण्डेबीच प्यानलै चुनावी दौडमा रहेको छ ।
एक जना अध्यक्ष र ३८ जना सदस्यको निर्वाचनका लागि विभिन्न समूहगत उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भएको छ । अन्तिम नामावली अनुसार कुँवर पक्षका १४ जना र पाण्डे पक्षका ४ जना निर्विरोध भएका छन् ।
महासंघको विधान अनुसार जिल्ला शाखाबाट प्रत्येक प्रदेशबाट २/२ जनाका दरले १४ जना, संस्थागत सदस्यबाट पुरुषतर्फ ४ महिलातर्फ ३ जना, संस्थागत आजिवन सदस्यबाट ३ जना, व्यक्तिगत सदस्यबाट पुरुषतर्फ ४ र महिलातर्फ ३ जना, व्यक्तिगत आजिवन सदस्यबाट ३ जना र विषयगत सदस्यबाट ४ जना गरी जम्मा ३८ जना निर्वाचित हुनेछन् । मंगलबार प्रकाशित अन्तिम नामावलीबाट विषयगततर्फ कुँवर पक्षका बिषयगततर्फ नारायण थापा, चिरञ्जीवी अधिकारी, प्रताप सापकोटा र भोजराज भट्टको मात्र उम्मेदवारी परेकोले उनीहरु निर्विरोध निर्वाचित भएका छन् । प्रदेशतर्फ दिपेन्द्रकुमार सिंह र भुपालदास श्रेष्ठ प्रदेश २, रेशम गिरी र ध्रुवराज शर्मा प्रदेश ५, दलबहादुर खड्का र भीम मल्ल कर्णाली प्रदेश र हर्क सेट्टी र खेमराज ढुंगाना सुदुरपश्चिम प्रदेशबाट, ठाकुरकुमार श्रेष्ठ र भुपेन्द्र मैनाली प्रदेश नं. १ बाट निर्विरोध भए ।त्यस्तै संस्थागत महिलातर्फ कुँवर पक्षबाट शर्मिला भुजेल र पाण्डे तर्फबाट सरिता सिंह र रेभा राजभण्डारी निर्विरोध निर्वाचित भएका छन् भने व्यक्तिगत महिलातर्फ सुस्मा शर्मा र गुणकेशरी प्रधान निर्विरोध निर्वाचित भएका छन् ।
संस्थागत समूहमा कडा प्रतिष्पर्धाः
संस्थागत साधारण समूह पुरुषतर्फ ४ पदका लागि जम्मा ८ जनाको उम्मेदवारी परेको छ । कुँवर समूहका राजन कर्माचार्य, आलोककुमार मालु, शंकरलाल श्रेष्ठ, निरञ्जन पटेल र उम्मेदवार रहँदा पाण्डे समूहका रणजितकुमार पोदार, उमेश रघुवंशी, अरुणकुमार वंशल, बुद्धरत्न मानन्धर उम्मेदवार रहेका छन् । त्यस्तै संस्थागत आजीवन सदस्य समूहको ३ पदका लागि कुँवर समूहका राजेन्द्रप्रसाद अर्याल, नविन जोशीको उम्मेदवारी दर्ता हुँदा पाण्डे समूहका विक्रम सिंह, समीर प्रधार र अहमद खानको उम्मेदवारी परकेो छ ।
व्यक्तिगत साधारण समूह पुरुषतर्फ ४ पदका लागि कुँवर समूहबाट खुशल रेग्मी, घनश्याम खनाल, श्री पौडेल,  सुभाष खड्का र दिनेशराज कार्कीको उम्मेदवारी परेको छ भने पाण्डे समूहबाट रेगबहादुर भण्डारी, चन्द्रविलास भुर्तेल, वसन्त लिङथेप, श्रीधर मरासिनी र रुपेशभक्त श्रेष्ठको उम्मेदवारी परेको छ । व्यक्तिगत आजीवन सदस्य समूह पुरुषतर्फ ३ पदका लागि कुँवर समूहका सुवर्ण शाक्य, विक्रम श्रेष्ठ र दामोदर अधिकारी र पाण्डे समूहबाट हेम्पाल श्रेष्ठ, सुमनलाल प्रधान र अमित अग्रवालले उम्मेदवारी दिएका छन् ।
जिल्ला शाखा सदस्य तर्फ प्रदेश ३ मा कुँवर समूहबाट शेखरनाथ दुलाल र भानुभक्त शर्मा तथा पाण्डे समूहका जयराम हुमागाई र श्यामकल श्रेष्ठले उम्मेदवारी दिएका छन् । गण्डकी प्रदेशमा कुँवर समूहका अशोकबाबु रानाको उम्मेदवारी दर्ता हुँदा पाण्डे समूहका जगनबहादुर गुरुङ र दुवैको संयुक्त रुपमा कृष्णप्रसाद पोखरेलको उम्मेदवारी परेको छ ।
लेखा समितिको ३ पदका लागि जिल्ला शाखाबाट कुँवर समूहमा भिमसेन गिरी र पाण्डे समूहबाट प्रशान्त टण्डन, संस्थागत समूमा कुँवर पक्षबाट लक्ष्मण यादव र पाण्डे पक्षबाट केशब भट्राई र व्यक्तिगत समूहमा कुँवर समूहबाट हृदयमान श्रेष्ठ, पाण्डे समूहबाट दुई जना राजु कटेल र नारायणप्रकाश भुजू को उम्मेदवारी परेको छ ।

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]