04:54:16 pm 29-Mar-2020

अब क्लसिक टेक र प्रभु टिभीको इन्टरनेट सँगसँगै


अब क्लसिक टेक र प्रभु टिभीको इन्टरनेट सँगसँगै

काठमाडौं -विगत दश वर्षदेखि नेपालमा इन्टरनेट सेवा प्रदान गर्दै आएको क्लासिक टेकले प्रभु टिभीसंग सहकार्य गरि इन्टरनेटसँगै टिभी सेवा उपलब्ध गराउने भएको छ । कम्पनीले क्लासिक प्रभु टिभी नाममा नयाँ सेवा सुरू गरेको हो ।
यस सहकार्यले लामो समयदेखि गुणस्तरीय इन्टरनेट तथा टिभी सेवा माग गरिरहेको ग्राहकहरुलाई ठूलो राहत पुग्ने कम्पनीले जनाएको छ। यो सेवा काठमाडौँ उपत्यकालगायत प्राय सबै जसो सहरहरुमा उपलब्ध गराइएको छ। यससँगै कम्पनीले बिशेष स्कीम ‘आयो है आयो’ बजारमा ल्याएको छ।
यस कम्पनीले ३० एमबीपीएस गतिको ‘आयो है आयो’ प्लान ९ सय रूपैयाँ प्रति महिनाको दरमा वार्षिक ग्राहकहरुलाई उपलब्ध गराउने भएको छ भने टिभी सुबिधा निशुल्क प्रदान गर्ने भएको छ । नेपालमा यति कम मूल्यमा इन्टरनेट र टिभीको सुबिधा उपलब्ध गराईएको पहिलो पटक भएको कम्पनीको दावी छ । यो अफर सीमित अवधिका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]