08:21:38 am 13-May-2021

क्लासिक टेकको ब्राण्ड एम्बेस्डरमा नाजिर हुसैन, ल्यायाे धमाकेदार अफर


क्लासिक टेकको ब्राण्ड एम्बेस्डरमा नाजिर हुसैन, ल्यायाे धमाकेदार अफर

काठमाडौँ -नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ ब्राण्ड एम्बेस्डरमा अभिनेता नाजिर हुसैनलाई नियुक्त गरेको छ ।
लोकप्रिय अभिनेता हुसैन सँगको सम्बन्धले कम्पनीले नयाँ उचाई प्राप्त गर्ने विश्वास गरेको छ ।
कम्पनीले ब्राण्ड एम्बेस्डर नियुक्तिसँगै धमाकेदार अफर पनि सार्वजनिक गरेको छ । गुणस्तरिय सेवा प्रवाह गरिहेको कम्पनीले सहज र उत्कृष्ट सेवा प्रवाह गर्दै आइरहेको जनाएको छ ।
ग्राहकहरूको मन जित्न सफल क्लासिक टेकले गुणस्तरीय सेवाको साथै ग्राहकहरूको फाइदा सुविधाका लागि विभिन्न समयमा अफर तथा प्याकेजहरूको घोषणा गर्दै आइरहेको छ ।
उक्त अफर सम्पूर्ण नेपाली र नेपालकै लागि सबैभन्दा सस्तो र राम्रो रहेको कम्पनीको दावी छ । यस्तो उत्कृष्ट प्याकेज तथा अफरहरूले ग्राहक हरूलाई थप आर्थिक लाभ मिल्नेछ ।
कम्पनीले नया ँअफरमा रू.७९९ प्रति महिनामा २० एमबिपिएसको स्पिडको सेवा दिने भएको छ । जसमा ग्राहकले इन्टरनेट र आएपिटिभीे १५० ओटा च्यानलहरू निःशुल्क प्राप्त गर्नेछन् ।
नयाँ नयाँ ठाउँमा क्लासिक सेन्टर खोल्दै सेवा दिँदै आएको कम्पनीले धेरै स–सानो वस्ती तथा गाउँमा पनि इन्टरनेट पुर्याउने हुनाले यो अफर अन्तर्गत ग्राहकहरूले विशेष लाभ लिन सक्नेछन् । सस्तो र २० एमबिपिएसमा उच्च स्पिड इन्टरनेटको प्याकेज निकालेको हो । यस अफर अन्तर्गत ग्राहकहरूले जुनै पनि प्याकेजमा अपग्रेड हुन पाउने छन् ।
कम्पनीका प्रमुख मार्केटिङ अफिसर विनयकुमार अधिकारी भन्छन् “यति सस्तो अर्थात ७९९ रुपैयाँमा २० एमबिपिएसको उच्च स्पिड इन्टरनेट सेवा नेपाल अधिराज्यभरीको सबै ग्राहकले उपयोग गर्न सक्नेछन् । अब क्लासिक टेकको इन्टरनेट हरेक घरमा हुनेछ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]