12:00:36 pm 15-Oct-2019

क्लासिक टेक १० औं बर्षमा, ७७ वटै जिल्लामा पुग्यो नेटवर्क


क्लासिक टेक १० औं बर्षमा, ७७ वटै जिल्लामा पुग्यो नेटवर्क

काठमाडौं-क्लासिक टेकले नेपालमा इन्टरनेट सेवा सुरु गरेको १० बर्ष भएको छ। विश्वकै उत्कृष्ट प्रविधिबाट फाईबर इन्टरनेट सेवा प्रदान गर्दै आएको यस संस्थाले नेपालको विभिन्न मुख्य सहरहरुमा सेवा उपलब्ध गराईसकेको छ । नेपालको ७७ वटा जिल्लामा नेटवर्क बिस्तार गरिसकेको छ। साथै २१ वटाभन्दा बढी शाखाको स्थापना गरि करिब ९०० जनशक्तिहरुका माध्यमबाट निरन्तर रुपले आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।

Ad

यस कम्पनीसँग हाल १०० जिबिपिएसको फाईबर ब्याकबोन छ । कम्पनीले एयरटेरल र टाटाबाट देशका तीन नाकाहरुबाट आफ्नै लगानीमा ईन्टरनेटको ब्यान्डविथ भित्र्याएको छ । यसका साथैं गुगल, फेसबुक, अकामाई तथा अन्य विभिन्न सर्भरहरु आफैले होस्ट गरेको छ। सो सर्भर र नेटवर्कको पूर्वाधारको कारणले नै गुणस्तरीय सेवा उपलब्ध गराउन सक्षम भएको छ ।
आफ्नो दशौं बार्षिक उत्सवको उपलक्षमा यस क्लासिक टेकले मात्र ४७१ रुपैयाँ प्रति महिनाको दरमा ५० एमबिपिएस स्पीडको सेवा बजारमा ल्याएको छ। एक वर्ष सेवाको खरिदमा १० महिना बोनसको योजनाले उक्त दरमा सेवा उपलब्ध गराउने कम्पनीले जानकारी गराएको छ।

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]