08:26:19 pm 16-Nov-2019

भीभोले ल्यायो भी १७ प्रो स्मार्टफोन? मूल्य ५२ हजार रुपैयाँ


भीभोले ल्यायो भी १७ प्रो स्मार्टफोन? मूल्य ५२ हजार रुपैयाँ

काठमाडौं-भीभोले भी सिरिजको पोर्टफोलियोमा नयाँ सदस्यको रुपमा आज आफ्नो फ्ल्यागशिप डिभाइस भी १७प्रो नेपालमा सार्बजनिक गरेको छ । यो डिभाइसमा क्वाड रियर क्यामरा सेटअपका साथमा ३२ मेगापिक्सेल ड्यूल पप–अप सेल्फी क्यामरा राखिएको छ । यति क्षमताको क्यामेरा भएको भि १७ प्रो विश्वको पहिलो मोवाइल भएको कम्पनीको दावी छ ।
यो मोवाइल ८ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज अप्सनका साथमा क्रिस्टल ब्ल्याक, क्रिस्टल ह्वाइट कलर अप्सनमा उपलब्ध हुनेछ । भी १७प्रो स्मार्टफोन अक्टोबर असोज ३० गतेदेखि नेपालका अफलाइन च्यानलहरुमा बजार मूल्य ५२ हजार ४ सय ९० रुपैयाँ मा उपलब्ध हुनेछ ।
भी १७प्रो लन्चको अवसरमा भीभो नेपालका ब्राण्ड म्यानेजर पेङ्दाले भने, भी सिरिज पोर्टफोलियोमा भी १७प्रोलाई जोड्न पाउँदा हामी निकै हर्षित भएका छौं । भीभो भी सिरिजले सँगै क्यामरा इनोभेसनमा अग्रस्थानमा जोड दिँदै आएको छ, र अल न्यू भी १७प्रोले क्यामरा अनुभवलाई नयाँ उचाईमा पुर्याउनेछ । धन्यवाद ३२ मेगापिक्सेल ड्यूल पप अप फ्रन्ट क्यामरा, ग्राहकहरुले निकै कम उज्यालोमा पनि बिना कुनै समस्या उत्कृष्ट सेल्फी लिन सक्नेछन् । विश्वस्तरको टेक्नोलोजी कम्पनीको रुपमा, हामी इनोभेसन मन पराउँछौं र निरन्तर बेन्चमार्क कायम गर्न तथा हाम्रा ग्राहकहरुको लागि स्मरणयोग्य श्रृजना गर्न चाहन्छौं।

Ad

के के छन् विशेषताहरु ?
३२ मेगापिक्सेल ड्यूल पप अप सेल्फी क्यामराः शुट बियोण्ड लिमिट्स
ड्यूल ३२ मेगापिक्सेल र सूपर वाइड एंगल क्यामराहरु यसमा छन् । सूपर वाइड एंगल क्यामराले १०५ डिग्रीसम्मको दृश्य हेर्न सकिन्छ ।
यसको सूपर नाइट सेल्फी मोडले विभिन्न फ्रेमहरुलाई संयुक्तरुपमा पिक्चर ब्राइटनेस कायम गर्दै स्पष्ट फोटो खिच्न सहयोग गर्दछ । यसैबिचमा फ्रन्ट मुनलाइट ग्लो लाइटले अंध्यारोलाई हटाउँछ र लो लाइट भएको अवस्थामा पनि सब्जेक्टलाई हाइलाइट गर्दछ ।

४८ मेगापिक्सेल एआई क्वाड मुख्य क्यामराः क्याप्चर इन डिटेल
४८ मेगापिक्सेल एआई चारवटा क्यामराले सबै वस्तु खिच्न सकिन्छ । शक्तिशाली क्यामरा सेटअपका साथमा ४८ मेगापिक्सेल एचडी मुख्य क्यामरा, १३ मेगापिक्सेलको टेलिफोटो, ८ मेगापिक्सेल एआई सुपर वाइड एंगल प्लस सुपर म्याक्रो तथा २ मेगापिक्सेलको बोकेह क्यामरा रहेका छन् । ४८ मेगापिक्सेल र सुपर लाइट सेन्सिटिभिटीका साथमा, मुख्य रियर क्यामराले हरेक अवस्थामा उज्यालो र भिभिद पिक्चर खिच्ने सुनिश्चितता प्रदान गर्दछ ।
ब्रिङ्ग दि वल्र्ड क्लोजर
यसको सुपर म्याक्रो मोडले बस्तुमा सजिलोसँग २.५ सेन्टिमिटर नजिकसम्म फोकस गर्न सकिन्छ । र, साना साना वस्तुहरुको पनि तस्विर खिच्न सकिन्छ ।
त्यस्तै यसको वाइड एंगल क्यामेराले १२० डिग्रीको फोटो खिच्छ ।

२०ः९ अल्ट्रा फूलभ्यू डिस्प्ले 
भी १७प्रोमा सुपर एमोलेड डिस्प्ले १६.३६ सिएम (६.४४)इन्चको फूल भ्यू डिस्प्ले ९१।६५ प्रतिशतको स्क्रीन टू बडि रेसियोका साथमा राखिएको छ । यसको ई ३ ओएलईडी ले १०० प्रतिशत डिसीआई पी ३ कलरहरु प्रदान गर्दछ, जसले जीवन्त र आधिकारीक रंगहरु जीवनमा प्रदान गर्दछ ।
एलसिडी डिस्प्लेको तुलनामा भी १७प्रोले ६१ प्रतिशत ब्लू लाइटलाई फिल्टर गर्दछ भने यसमा बोट्स टीयूभी रेइनल्याण्ड सर्टिफिकेसन प्राप्त गरेको छ ।
भीभो इन डिस्प्लेमा फिंगरप्रिन्ट स्क्यानिंङ्ग टेक्नोलोजी छ । यसले भिजिबल फिंगरप्रिनट प्याडलाई हटाएको छ । भी १७प्रोलाई केबल ०.३९ सेकेण्डभित्रै अनलक गर्न सकिन्छ ।

सहज परफरमेन्स
नयाँ पुस्ताको एआई फिचरका साथमा भी १७प्रोमा क्वालकमको स्न्यापड्रागन ६७५ एआईई प्रोसेसर । यसमा ८ जीबी र्याम र १२८ जीबीको रोम छ । यसमा फनटच ओएस ९.१ (एन्ड्रोयड ९ मा आधारित) छ ।
ड्यूल इन्जिन फास्ट चार्जिंङ्ग र ठूलो ब्याट्री
भीभो भी १७प्रो बृहत ४,१०० एमएएच ब्याट्री प्याकका साथमा पावरहाउन प्याक हो, जसमा टाइप सी, ड्यूल इन्जिन फास्ट चार्जिङ्ग टेक्नोलोजीराखिएको छ ।

भीभोको मल्टि टर्बो एक्सिलरेसन टेक्नोलोजीले ओएसको बटम लेयर अप्टिमाइजेसनलाई लक्षित गर्दछ । एआई टको, सेन्टर टर्बो, गेम टर्बो, नेट टर्बो, र कुलिंग टर्बोका साथमा आधारभूत कार्यदक्षतामा सुधार गर्न सकिन्छ । कुल स्टार्ट स्पीडले २५ प्रतिशत र वार्म स्टार्ट स्पीडले ९ प्रतिशत सुधार गर्दछ ।

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]