06:37:49 pm 20-Oct-2021

कामना सेवाद्वारा Uni focal Reading Glass को शुभारम्भ


कामना सेवाद्वारा Uni focal Reading Glass को शुभारम्भ

कामना सेवा विकास बैंकले ग्राहकहरुको सहजता र सुविधालाई मध्यनजर गरी नेपाल आँखा अस्पताल सँगको सहकार्यमा विश्व दृष्टि दिवसको अवसरमा विश्व स्वास्थ्य संघले तय गरेको “आँखालाई माया गरौं” भन्ने नारालाई आत्मसात् गरी विभिन्न बैंकिङ सेवाहरु लिने क्रममासहज होस भन्ने उद्देश्यका साथ नजिक तथा टाढा देख्न सक्ने खालको अत्याधुनिक Uni focal Reading Glass को सेवा शुभारम्भ गरेको छ । यो सुविधा सञ्चालनमा ल्याउने कामना सेवा विकास बैंक नेपालको बैंकिङ क्षेत्रकै पहिलो वित्तीय संस्था हो । बैंकका अध्यक्ष श्री सुदिप आचार्य र नेपाल आँखा अस्पतालका अध्यक्ष डा. श्री गोपाल प्रसाद पोख्रेलज्यूले संयुक्त रुपमा आज एक समारोहकाबीच उक्त सुविधाको शुभारम्भ गर्नु भएको हो । बैंकले यस अगाडि पनि visually impaired व्यक्तिहरुलाई समेत आफै खाता खोली बैंकिङ कारोबार गर्न सहयोग मिलोस भन्ने उद्देश्यले ब्रेललिपि प्रयोग गरि बचत खाता सञ्चालनमा ल्याइसकेको छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]