11:42:19 pm 21-Sep-2021

नेपाल पेमेन्ट सोलुसन र सिटीएक्सप्रेस मनीट्रान्स्फर को सहकार्यमा वालेट माफर्त सहज छिटो र सुरक्षित तरिकाले रेमिट्यान्सको कार्य गर्न सकिने


नेपाल पेमेन्ट सोलुसन र सिटीएक्सप्रेस मनीट्रान्स्फर को सहकार्यमा वालेट माफर्त सहज छिटो र सुरक्षित तरिकाले रेमिट्यान्सको कार्य गर्न सकिने

नेपाल पेमेन्ट सोलुसन र सिटी एक्सप्रेस मनी ट्रान्स्फरको सहकार्यमा वालेट माफर्त सहज छिटो र सुरक्षित तरिकाले रेमिट्यान्सको कार्य गर्न सकिने नेपाल पेमेन्ट सोलुसन प्रा. लि.ले सिटीएक्सप्रेस मनीट्रान्स्फर सँग सहकार्य गरेर रेमिट्यान्स वालेट ट्रान्सफरका लागि प्लेटफर्म सार्वजनिक गरेकोछ।यस कार्यका लागि नेपाल पेमेन्ट सोलुसन प्रा.लि. का चिफ एक्सपेरियन्स अधिक्रीत श्री प्रताप श्रेष्ठ र सिटी एक्सप्रेसका चिफ बिजनेश अफिसर श्री श्याम लामिछानेले आ–आफ्नो संस्थाको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका छन।
यो प्रयास बाट सेवाग्राहिले रेमिट्यान्सको क्षेत्रमा आफू अनुकुल जहाँ कहीँबाट कुनैपनि समय जुनैपनि वालेटमा विद्युतिय रेमिट्यान्स कारोबार गर्नका लागि सहयोग पुर्याउने गर्दछ। यो प्रणाली ले सेवाग्राहिलाई डिजिटल रेमिट्यान्सको प्रविधि प्रदान गर्ने र भौतिक रेमिट्यान्स भन्दा धेरैसहज, छिटो र सुरक्षित पनि हुने गर्दछ। यो एक कस्टोमाइज गरिएको वित्तिय समाधान हो।यसले भौतिक तथा पुरानो रेमिट्यान्स प्रणालीलाई समेत आधुनिक प्रणालिमा जोडिदिने गर्दछ। यो प्रक्रियाले गर्दा धेरै छिट्टो रकम पठाउन सकिन्छ। यो विद्युतिय रेमिट्यान्स कारोबारले पैसा पठाउने र पाउने कार्य एकै साथ हुने गर्दछ र डिजिटल वालेटको विभिन्न फाइदाहरु पनि उपयोग गर्न पाइनेछ। यो प्रणाली सबैका लागि सहज,छिटो र सुरक्षित र सरल किसिमको पैसा पठाउने र पाउने माध्यम हो। रेमिट्यान्स वालेट ट्रान्सफरको बढ्दो प्रयोग सँगै रेमिट्यान्स कम्पनी तथा बैंक तथा वित्तिय संस्थाहरु आफ्नो प्लेटफर्म तथा ग्राहकहरुलाई सशक्त बनाउन लागी परेका छन्।
नेपाल पेमेन्ट सोलुसन प्रा.लि. एक भुक्तानी प्रणाली एग्रीगेटर हो जसले विशेष गरी बैंक तथा वित्तिय संस्थाहरु, रेमिट्यान्स कम्पनीहरु र व्यवसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ। नेपाल पेमेन्ट सोलुसनले बैंक तथा वित्तियसंस्थाहरु तथा बिभिन्न भुक्तानी सेवा प्रदायक कोनेटवर्क तयार गरी भुक्तानी एबम् ट्रान्स्फरको क्लियरिङ्ग तथा सेटल्मेन्टको कार्य गरी आफ्नो सेवा बिस्तार गरीरहेको छ।कम्पनीलेआईएमईपे, प्रभुपे, खल्ती, नमस्तेपे जस्ता भुक्तानी सेवाप्रदायकहरुलाई पनि इन्टिग्रेट गरी थप सेवा दिने तयारीमा रहेको छ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]