03:50:33 pm 18-Oct-2019

अनुहारमा आएको डण्डीफोर हटाउन लसुनको कसरी प्रयोग गर्ने त ?


अनुहारमा आएको डण्डीफोर हटाउन लसुनको कसरी प्रयोग गर्ने त ?

लसुन खाँदा स्वास्थ्यको लागि जति फाइदा हुन्छ, त्यति नै फाइदा हाम्रो अनुहारको सुन्दरता निखार्नको लागि हुन्छ । यसको लागि लसुनको प्रयोग गर्ने तरीका
१. लसुनको रसलाई अनुहारमा आएको डण्डीफोरमा लगाउनुहोस् र ५ मिनेट सम्म छोडिदिनुहोस् । यसपछि आफ्नो अनुहार धुनुहोस् । नियमित रुपमा यसो गर्नाले अनुहारमा भएको दाग धब्बा हटेर जान्छ ।
२. लसुनको एक पोटीलाई पिसेर आधा टमाटरको साथमा मिलाउनुस् र यसको पेस्ट बनाउनुस् । अब यो पेस्टलाई अनुहारमा १० मिनेट सम्म लगाएर राख्नुस् र अनुहार धुनुस् । यसले तपाईंको रोम छिद्र खुल्छ र अनुहार सफा हुन्छ ।
३. लसुनको रस र जैतुनको तेललाई मिसाएर हलुका तातो बनाउनुहोस् । अब यो तेललाई स्ट्रेच मार्कमा लगाउनुहोस् । यस्तो नियमित गर्नाले केही दिनमा स्ट्रेच मार्क हराएर जान्छ ।
४. जसको छालामा रातो रातो धब्बा छ भने यसमा लसुनको पेस्ट लगाउनु भयो भने यो धब्बा हटेर जान्छ ।
५. यदि तपाईंको अनुहार या गर्धन तिरको भागमा चाउरी पर्न थालेको छ भने लसुनलाई मह र कागतीको साथमा मिलाएर सेवन गर्नुहोस् चाउरी पनको समस्याबाट टाढा भाग्नुहोस् ।

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]