09:51:28 pm 16-Nov-2019

यदि तपाईलाई पनि निन्द्रा नलाग्ने समस्या छ भने अपनाउनुस् यी टिप्सहरू


यदि तपाईलाई पनि निन्द्रा नलाग्ने समस्या छ भने अपनाउनुस् यी टिप्सहरू

अहिलेको व्यस्त जीवनमा तनाव, चिन्ता, सुत्नु भन्दा अगाडीका हाम्रा गलत बानीहरूले गर्दा निन्द्रा नलाग्ने समस्या हुन्छ । कसैलाई छिटो निन्द्रा लाग्दैन, कसैलाई गहिरो निन्द्रा लाग्दैन । कसैलाई रातभरी नै निन्द्रा नलागी उज्याले हुन्छ । सधैं यस्तो हुँदा हाम्रो निन्द्रा पुग्दैन जसको कारणले हामीमा विभिन्न किसिमको समस्या हुन्छ ।
केही यस्ता उपायहरू जसले हाम्रो निन्द्रा नलाग्ने समस्यालाई हटाउन मद्दत गर्छ
१. सुत्नु भन्दा अगाडी सधैं हात, मुख, गोडा धुने बानी बसाल्नु पर्छ । यसो गर्नाले निन्द्रा राम्रोसँग लाग्ने गर्छ ।
२. दिन मा या रातमा जुनसुकै समयमा पनि सुत्नु भन्दा अगाडी चिया या कफी नपिउनुस् ।
३. सुत्नु भन्दा अगाडी पैतालामा तोरीको तेल लगाएर मालिस गर्नाले पनि दिमाग शान्त र स्थिर रहन्छ । रक्त सन्चार राम्रो हुनुको साथै थकान दुर हुन्छ र राम्रोसँग निन्द्रा लाग्छ ।
४. रातमा सुत्नु भन्दा अगाडी दूधमा जाइदाना मिसाएर पिउनाले राम्रोसँग निन्द्रा लाग्छ ।
५. श्वास लिने यो ट्रिकलाई पनि अपनाउन सकिन्छ । यसको लागि नाकले ४ सेकेन्ड श्वास लिनु पर्छ र यसलाई सात सेकेन्ड सम्म रोकेर राख्नु पर्छ , ८ सेकेन्ड सम्म छोड्नु पर्छ । यसो गर्नाले हार्ट बिट कम हुन्छ र ब्रेनमा एक केमिकलको उत्पादन हुन्छ । जुन राम्रो निन्द्रा लाग्नमा सहायक हुन्छ ।

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]