11:43:46 am 12-Dec-2019

डियो र परफ्युमको सौखिन हुनुहुन्छ भने सावधान रहनुस्


डियो र परफ्युमको सौखिन हुनुहुन्छ भने सावधान रहनुस्

धेरै जसो व्यक्तिहरू तयार भएर घर बाहिर निस्कनु भन्दा पहिला डियो या परफ्युम लगाउने गर्छन् । केही व्यक्तिहरू त डियो र परफ्युमका यति शौखिन हुन्छन् कि केही घण्टाको अन्तरमा नै प्रयोग गर्ने गर्छन् । अत्यधिक मात्रामा डियो र फरफ्युमको प्रयोग गर्नाले हाम्रो शरीरमा आउने समस्याको बारेमा केही जानकारी लिउँ
१. छालामा हुने मश्चराइजलाई सोच्छ – प्राय जसो परफ्युममा अल्कोहल पाइन्छ । जसले हाम्रो छालामा पाइने प्राकृतिक मश्चराइजलाई सुख्खामा परिणत गर्छ । डियो या परफ्युममा पाइने न्यूरोटाक्सिनले तपाईंलाई असर गर्नुपर्छ ।
२. हार्मोन्सको सन्तुलन विग्रिन सक्छ – यदि तपाईं दैनिक रुपमा चाहिने भन्दा बढी परफ्युमको प्रयोग गर्नुहुन्छ जसको कारणले यो तपाईंको छालाको भित्र सम्म पुगेर हार्मोन्सको सन्तुलनलाई विगार्न सक्छ । साथै यो कयौं पटक छालामा हुने एलर्जीको कारण पनि बन्न सक्छ ।
३. अल्जाइमरको सम्भावनालाई बढाउन सक्छ – कतिपय डियोमा यस्ता खालका केमिकलहरू प्रयोग गरिएका हुन्छन् जसले अल्जाइमर र श्वास प्रश्वास सम्बन्धी समस्या बढाउन सक्छ । साथै अत्यधिक तेज गन्ध वाला डियो या परफ्युमले नाकमा भएका कोषहरूलाई पनि खत्तम गर्न सक्छ ।

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]