12:27:53 pm 12-Dec-2019

खाना पछि टहल्नु शरीरको लागि एकदमै फाइदाजनक


खाना पछि टहल्नु शरीरको लागि एकदमै फाइदाजनक

अधिकांश व्यक्तिलाई खाना खाएपछि सुस्ती महसुस हुन्छ । जसको कारणले व्यक्ति आराम गर्न मन पराउँछन् । तर, मानिसलाई यो कुरा थाहा छैन कि खाना खाएपछि आराम गर्नाले वा सुत्नाले हाम्रो स्वास्थ्यमा प्रतिकुल असर पर्छ । अनेक किसिमको रोगबाट बच्न र आफूलाई फिट राख्न खाना खाएपछि टहल्नु फाइदाजनक हुन्छ । अब जानकारी लिउँ कि खाना खाएपछि टहल्नु किन फाइदाजनक हुन्छ भनेर ।
१. यदि आफ्नो वजनलाई नियन्त्रण गर्न चाहनुहुन्छ भने खाना खाएपछि टहल्नाले तपाईंको यो इच्छा पूरा हुन्छ । खाना खाए पछि टहल्नाले मोटाबोलिज्म मजबुत हुन्छ र वजन पनि कन्ट्रोल हुन्छ ।
२. खाना पछि टहल्नाले खाना सजिलैसँग पच्छ । यसको अलावा ब्लड सर्कुलेशन पनि राम्रोसँग हुन्छ र राम्रो निन्द्रा लाग्न पनि मद्दत गर्छ ।
३. खानाको पछि टहल्नाले शरीरको अतिरिक्त क्यालोरी बर्न हुनमा मद्दत मिल्छ ।
४. खानाको पछि प्राय सुस्ती महसुस हुन्छ यदि खाना पछि टहल्ने हो भने सुस्ती कम हुन्छ र पेट सम्बन्धी विभिन्न समस्याको पनि अन्त्य भएर जान्छ ।
५. मधुमेहको बिमारीले खाना पछि कम्तिमा ३ मिनेट टहल्नु राम्रो हुन्छ । यस्तो गर्नाले ब्लड शुगरको मात्रा कम हुन्छ ।

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]