09:51:29 pm 16-Nov-2019

शरीरको इम्युनिटी पावर बढाउनको लागि पिइने आयुर्वेदिक चिया बनाउने विधि


शरीरको इम्युनिटी पावर बढाउनको लागि पिइने आयुर्वेदिक चिया बनाउने विधि

यदि तपाईको प्रतिरोधात्मक क्षमतामा कमि भएको छ भने या तपाईं पटक पटक रुघा खोकीको समस्याले पिडित हुनु भएको छ भने तपाईंलाई आवश्यक छ खास आयुर्वेदिक चियाको । तुलसी र अन्य मसलाले बनेको यो चिया बनाउने तरीका ।

Ad

तुलसीको सुकाएको पत्ता (जुन छायाँमा सुकाएको होस्), ५०० ग्राम, दालचीनी ५० ग्राम, तेजपत्ता १०० ग्राम, ब्राम्ही बुटी १०० ग्राम, बनफशा २५ ग्राम, सुप २५० ग्राम, सुकुमेलको दाना १५० ग्राम, लाल चन्दन २५० ग्राम र कालो मरिच २५ ग्राम ।
यी सबै चीजहरूलाई मिक्सचर या खल बच्चामा हालेर अलि खस्रो खस्रो पारेर पिस्नुहोस् । अब यो मिश्रणलाई एउटा बट्टामा बन्द गरेर राख्नुस् ।
अब दुई कप पानी तताउन बसाल्नुस् जब यो पानी उम्लिन्छ तब आधा चम्चा अघिको मिश्रणलाई हाल्नुस् र छोपिदिनुस् । केही समय उम्लेपछि छानेर पिउनुस् । यो चियामा दूध मिसाउनु हुँदैन । यदि गुलियो खान मन लाग्छ भने पहिला पानी तताउँदा नै शख्खर हाल्न सक्नु हुन्छ ।

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]