11:46:28 am 12-Dec-2019

रङ्गको डरले होली खेल्न नडराउनुस्, अनुहारको रङ्ग हटाउने ७ सजिला तरिका


रङ्गको डरले होली खेल्न नडराउनुस्, अनुहारको रङ्ग हटाउने ७ सजिला तरिका

होली खेलेपछि हाम्रो शरीरमा लागेको रङ्ग हटाउन काफी मुश्किल हुन्छ । यदि होली पछि तुरून्त कतै विवाह भोज या अन्य कुनै कार्यक्रममा जानु छ भने तपाईंका अनुहारमा लागेको रङ्गले तपाईंको सुन्दरतालाई बिगार्छ । यस्तो समयमा आफ्नो अनुहारको रङ्ग हटाउन एकदमै जरूरी हुन्छ । अनुहारमा लागेको रङ्ग छुटाउने ७ सरल तरिका
१. बेसनमा कागती र दूध मिलाएर यसको पेस्ट बनाएर आफ्नो शरीरमा लगाउनुहोस् । लगभग १५ देखि २० मिनेट सम्म यो पेस्टलाई छालामा राख्नुहोस् र केही समय पछि मन तातो पानीले धुनुहोस् ।
२. काँक्रोको रस निकालेर यसमा थोरै गुलाब जल र एक चम्चा भेनेगर मिसाउनुहोस् । अब यसलाई राम्रो सँग मिलाएर पेस्ट तयार गरेर अनुहारलाई यसले सफा गर्नुहोस् । अनुहारमा लागेका सारा दाग, धब्बा हटेर जान्छन् र अनुहार चम्किलो हुन जान्छ ।
३. मूलाको रस निकालेर यसमा दूध, वेसन या मैदा मिलाएर पेस्ट बनाउनुस् । र यसलाई केही समय आफ्नो अनुहारमा लगाउनुहोस् र सफा गर्नुहोस् यसो गर्नाले अनुहारमा लागेको रङ्ग सफा हुन्छ ।
४. यदि तपाईंको छालामा ज्यादा गहिरो रङ्गको दाग लागेको छ भने २ चम्चा जिङ्क अक्साइड र २ चम्चा अरण्डीको तेल मिलाएर लेप तयार गरेर यसलाई अनुहारमा लगाउनुहोस् । अब स्पन्जले हल्का हातले रगडेर अनुहार मा लगाउनुस् । २०–२५ मिनेट पछि साबुन लगाएर अनुहार धुनुस् तपाईंको अनुहारमा लागेको रङ्ग हटेर जान्छ ।
५. जौको आँटा या बदामको तेल मिलाएर मिश्रण तयार गर्नुहोस् । अब यो मिश्रणलाई अनुहारमा लगाएर अनुहारमा लागेको रङ्लाई सफा गर्नुहोस् । यसले स्क्रबको पनि काम गर्छ र रङ्ग छुटाउन मद्दत गर्छ ।
६. थोरै काँचो मेवा पिसेर दूधमा मिलाउनुहोस् । यसपछि यसमा थोरै मुल्तानी माटो वा थोरै बदामको तेल मिक्स गर्नुस् र करिब आधा घण्टा पछि अनुहार धुनुस् ।
७. सुन्तलाको बोक्रा वा मुसुरीको दाल या बदामलाई दूधमा मिसेर पेस्ट बनाउनुस् । अब यो तयार भएको पेस्टलाई अनुहारमा लगाएर मसाज गर्नुहोस् । तपाईंको अनुहार सफा हुन्छ र अनुहारमा चमक आउँछ ।

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]